दाङमा अटो र बस एकआपसमा ठोक्किदा ५ घाइते
दाङमा अटो र बस एकआपसमा ठोक्किदा ५ घाइते भएका छन् । ३ जनाको अवस्था गम्भीर रहेको छ ।
तुलसीपुरबाट सल्यान जाँदै गरेको रा १ ख २०३७ नम्बरको बसले तुलसीपुर ७ शान्तिपार्क चौकमा रा १ ह २२०७ नम्बरको अटोलाई ठक्कर दिदाँ अटोमा सवार ५ जना घाइते भएको इलाका प्रहरी कार्यालय तुलसिपुरका प्रहरी निरिक्षक प्रकाश थापाले जानकारी दिए ।
घाइतेहरुलाई उद्दार गरि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर लैजादै गरिएको प्रहरी निरिक्षक थापाले बताए । घाइतेहरुको विवरण आइसकेको छैन ।
प्रकाशित मिति : २०८१ जेष्ठ २६ गते शनिवार