२०८३ भाद्र २८ गते आइतवार | 2026 September 13th Sunday

प्रेस युनियन दाङले सुवेदीलाई महासंघको अध्यक्षको उम्मेद्वारमा अघि सार्यो

दाङ । नेपाल प्रेस युनियन दाङले सन्तोष सुवेदीलाई पत्रकार महासंघको अध्यक्षको उम्मेद्वारमा अघि सारेको छ।

प्रेस युनियन दाङले युनियनका निर्वतमान अध्यक्ष सन्तोष सुबेदीलाई नेपाल पत्रकार महासंघ दाङको अध्यक्ष पदको उम्मेदवार बनाउने निर्णय गरेको हो ।

नेपाल प्रेस युनियनका अध्यक्ष नारायण खड्काको अध्यक्षतामा मंगलबार घोराहीमा बसेको कार्यदलको बैठकले महासंघका उपाध्यक्ष सुबेदीलाई अध्यक्ष पदमा उम्मेदवार बनाउने निर्णय गरेको छ ।

अध्यक्ष खड्काको संयोजकत्वमा गठित उम्मेदवार छनोट कार्यदलमा युनियनका उपाध्यक्षहरु गोपाल शर्मा भट्टराई, किरण शाह, पार्वती बस्नेत र सचिव अमर क्षितिज भण्डारी छन् ।

कार्यदलको बैठकले युनियनको नेतृत्व गर्दै सुबेदीलाई महासंघमा पठाउने निर्णय गरेपनि अर्को बैठकबाट अन्य उम्मेदवारहरुको टुँगो लगाउने निर्णय भएको सचिव भण्डारीले बताए ।

महासंघको निर्वाचन यही असार २२ गतेका दिन तोकिएको छ । युनियन जिल्लाको सबै भन्दा ठूलो संगठन हो ।

प्रकाशित मिति : २०८१ असार १२ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस