कार दुर्घटनामा परि पाँचजना घाइते
दाङ,१४ असार । दाङको तुलसीपुरमा कार दुर्घटना भएको छ। कार दुर्घटनामा परि पाँचजना घाइते भएका छन्।
शुक्रबार बेलुका ७ बजे राजापुरबाट तुलसीपुरतर्फ गइरहेको बा १६ च १९५५ नम्बरको कार दुर्घटना भएको हो।
कार अनियन्त्रित भई दुर्घटना हुँदा कारमा सवार पाँचजना घाइते भएका छन्। घाइतेमध्ये दुई जनाको अवस्था सामान्य रहेको छ भने तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
गम्भीर घाइतेहरूको राप्ती लाइफ केयर हस्पिटलमा उपचार भइरहेको छ। दुर्घटनामा परी घाइते हुनेमा कार चालक तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ बस्ने २५ वर्षीय विजय गिरीको दायाँ हात मुखमा चोट लागेको छ।
यसैगरी सोही ठाउँ बस्ने २७ वर्षका जोयलगिरीको खुट्टामा चोट लागेको छ । यस्तै तुलसीपुर ११ बस्ने २७ वर्षका कृष्ण केसीको दुवै हात हातमा चोट लागेको छ ।
उनको अवस्था मध्यम रहेको छ । अवस्था मध्यम रहेका उनीहरूको राप्ती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ। थप विवरण आउन बाकी ।