झापाको हुलाकी मार्गमा सवारी दुर्घटना: दुईजनाको मृत्यु
झापा । झापाको हल्दिबारी गाउँपालिका वडा नम्बर ५, सोडागान्धि चोक स्थित हुलाकी मार्गमा भएको सवारी दुर्घटनामा दुईजनाको मृत्यु भएको छ।
राजगढबाट जलथलतर्फ आउँदै गरेको मे १ ज ३२६१ नम्बरको पिकअप गाडीले जलथलबाट राजगढतर्फ जाँदै गरेको मे ९ प ९६८५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।
दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक र सोही मोटरसाइकलमा सवार दुई पुरुषलाई उपचारका लागि बिर्तामोड स्थित बी एण्ड सी अस्पताल पठाइएको थियो।
चिकित्सकले उपचारको क्रममा ८ बजे दुबैजनालाई मृत घोषित गरेका छन्। मृतकहरूको पहिचान खुल्न सकेको छैन।
प्रकाशित मिति : २०८१ साउन १७ गते बिहिवार