लौका टिप्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु
दाङमा करेन्ट लागेर एक जनाको मृत्युको भएको छ ।
गोठको छानामा फलेको लौका टिप्ने क्रममा नजिकै रहेको सप्लाई तारले छुदा घोराही उपमहानगरपालिका–१२ डाडागाउँका ६८ बर्षीय बुद्धिराम चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : २०८१ भाद्र ११ गते मङ्गलवार