२०८३ भाद्र २८ गते आइतवार | 2026 September 13th Sunday

सहकारीबाट गोरखा मिडिया नेटवर्कमा ६५ करोड ५४ लाख भन्दा बढी गएको प्रतिवेदनको ठहर

काठमाडौँ । सहकारी बचत अपचलन छानबिन गर्न बनेको समितिले गोरखा मिडिया नेटवर्कमा ६५ करोड ५४ लाख ०४ हजार ५३८ रुपैयाँ सहकारीबाट गएको देखाएको छ ।

समितिले आज संसद्मा बुझाएको प्रतिवेदन अनुसार सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लि, सुप्रिम बचत तथा ऋण सहकारी संस्था लि।सहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था लि, स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लि। र सानो पाइला बचत तथा ऋण सहकारी संस्था लि।बाट उक्त रकम गएको हो ।

‘कतिपयले कम्पनीलाई सापटीका रूपमा, कतिमा कम्पनीलाई ऋणका रूपमा, कतिमा सञ्चालकका नाममा ऋण खडा गरी कम्पनीमा र कतिमा कम्पनीका सञ्चालकको नाममा ऋण खडा गरी कम्पनीमै रकम प्रवाह भएको देखियो‚’ प्रतिवेदनमा लेखिएको छ ।

जुन विधि वा मार्ग अपनाइएको भएता पनि ती कारोबारहरू कानुनसम्मत नदेखिएको प्रतिवेदनमा लेखिएको छ ।

गोरखा मिडिया नेटवर्क अन्तर्गत ग्यालेक्सी फोर के टेलिभिजन सञ्चालन भएको थियो । यसको सञ्चालक जीवी राई र प्रबन्ध निर्देशक तथा सेयर होल्डर रवि लामिछाने रहेका थिए । साभार- रातोपाटी

प्रकाशित मिति : २०८१ भाद्र ३१ गते सोमवार
प्रतिक्रिया दिनुहोस