२०८३ भाद्र २८ गते आइतवार | 2026 September 13th Sunday

कलश सहकारीद्वारा सुदुरपश्चिमका सहकारीको अवलोकन

कैलाली, ५ कार्तिक । दाङको घोराही १५ स्थित कलश बचत तथा ऋण सहकारी संस्थाले कैलाली लम्कीचुहा १ लम्की स्थित किसान बहुउद्देश्यीय सहकारी संस्थाको अध्ययन अवलोकन गरेको छ ।

२८ बर्ष अघि स्थापित किसान बहुउद्देश्यीय सहकारी संस्थाले गरेको राम्रो कार्यको सिकाइका लागि कलशका अध्यक्ष माधव खनालको नेतृत्वमा गएको टोलीले अवलोकन गरेको हो ।

सो अवसरमा संस्थाका महा प्रवन्धक डम्बर बहादुर शाहले किसान सहकारीले विपन्न किसानलाई उद्यमशिल हुने किसिमका कार्य गर्दै आएको बताउनुभयो ।

संस्थामा ३०० सय बढी कर्मचारी र ६ अर्व वढीको कारोवार रहेको जानकारी दिनुभयो । संस्थाले अहिले क बर्गको बैंकले दिने सबैे सुविधा दिईरहेको भन्दै नेपालभर कुनै पनि बैंबाट निःशुल्क पैसा झिक्न मिल्ने गरी एटिएम सेवा समेत सञ्चालन गरिरहेको बताउनुभयो ।

सहकारी संस्थाले किसान एग्रो कोप, किसान सहकारी मार्ट र किसान वित्तिय युनिट गरी ३ वटा परियोजना मार्फत सुदूरपश्चिमका १२ जिल्लामा ४१ शाखाबाट ८६ हजार सदस्यहरुलाई सेवा दिईरहेको र स्थापना कालदेखी हालसम्म १७ करोड बढी रकम सदस्यहरुको सामाजिक सुरक्षाका लागि खर्च भएको जानकारी प्राप्त भएको थियो ।

प्रकाशित मिति : २०८१ कार्तिक ५ गते सोमवार
प्रतिक्रिया दिनुहोस