२०८३ साउन १३ गते बुधवार | 2026 July 29th Wednesday

तीज गीत ‘चट्टै माया लै लै’ सार्वजनिक (भिडियो)

दाङ, १० साउन ।

दाङको सुन्दर स्थलहरूमा छायाङ्कन गरिएको नयाँ तीज गीत ‘चट्टै माया लै लै’ सार्वजनिक भएको छ। 

आगामी तीज पर्वलाई लक्षित गरी सार्वजनिक गरिएको यो गीतले दाङ जिल्लाको पर्यटन प्रवर्द्धनमा समेत सघाउने अपेक्षा गरिएको छ।

स्थानीय कलाकारहरूको अभिनय, मौलिक भाका र दाङकै रमणीय स्थलहरू समेटिएको यस गीतले छोटो समयमा नै दर्शक–श्रोताको ध्यान तान्न थालेको छ। 

गीतको छायाङ्कन तुलसीपुर लगायतका पर्यटकीय स्थलहरूमा गरिएको छ। 

गीत सार्वजनिक भएसँगै दाङबासीहरूले यसलाई सकारात्मक रुपमा लिएका छन्। स्थानीय सामाजिक संस्था, विद्यालय, युवा समूहहरू तथा सञ्चार माध्यमहरूले गीतको प्रचारप्रसारमा सक्रिय भूमिका खेलेका छन्। 

गीतका निर्देशक झग्गु भण्डारीले बताएअनुसार, ‘‘हामीले मनोरञ्जन मात्र होइन, हाम्रो क्षेत्रको सौन्दर्य र मौलिकता पनि देखाउन खोजेका छौं। यो गीतमार्फत दाङको पर्यटन प्रवर्द्धनमा योगदान पुग्ने आशा लिएका छौं।’’

दाङको विभिन्न स्थानमा छायाङ्कन गरिएको यस गीतले स्थानीय प्रतिभालाई समेत उजागर गरेको छ। नृत्य, गायन, निर्देशन र छायाङ्कनमा कलाकार र प्राविधिक दाङकै रहेका छन्, जसले स्थानीय प्रतिभाको प्रोत्साहनमा समेत योगदान पुर्‍याएको छ।

यस गीतलाई एच आर क्रियसन युट्युबमार्फत सार्वजनिक गरिएको हो। दर्शकहरूद्वारा गीतको शब्द, संगीत र छायाङ्कनको खुलेर प्रशंसा भएको छ।

‘चट्टै माया लै लै’ गीतले एकातर्फ नेपाली महिलाहरूको भावनालाई समेटेको छ भने अर्कोतर्फ दाङका पर्यटकीय सम्भावनाहरू उजागर गर्दै नयाँ किसिमको सांस्कृतिक चेतना फैलाउने काम गरेको निर्देशक भण्डारीले बताए ।

प्रकाशित मिति : २०८२ साउन १० गते शनिवार
प्रतिक्रिया दिनुहोस