२०८३ साउन १४ गते बिहिवार | 2026 July 30th Thursday

बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री बानियाँले विश्वासको मत लिदै

काठमाडौँ, २७ साउन ।

बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभाबाट विश्वासको मत लिन लागेका छन्। नेपाली कांग्रेसका प्रदेशसभा सदस्य बानियाँ २० साउनमा मुख्यमन्त्रीमा नियुक्त भएका हुन्।

उनले आफ्नै पार्टीका नेता तथा तत्कालीन मुख्यमन्त्री बहादुर सिंह लामाविरुद्ध दर्ता गरिएको अविश्वासको प्रस्ताव सफल बनाउँदै सत्ता नेतृत्व सम्हालेका हुन्। विश्वासको मतका लागि दिउँसो ४ बजे प्रदेश सभा बैठक बोलाइएको छ।

संविधानको धारा १६८ को उपधारा (४) तथा प्रदेश सभा नियमावली, २०७४ को नियम १४३ को उपनियम (१) बमोजिम मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने प्रावधान छ।

मुख्यमन्त्री बानियाँलाई समर्थन गर्दै सत्ता गठबन्धनमा रहेका नेपाली कांग्रेस र नेकपा एमालेले आफ्ना सांसदहरूलाई ह्वीप जारी गरेका छन्।

प्रदेश सभामा आजको मतदानले बानियाँ नेतृत्वको सरकारको राजनीतिक स्थायित्वमा निर्णायक प्रभाव पार्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : २०८२ साउन २७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस