२०८३ जेष्ठ २१ गते बिहिवार | 2026 June 4th Thursday

कारको ठक्करबाट लन्डनमा एक नेपाली युवकको मृत्यु

काठमाडौ,१० कार्तिक ।

बेलायतका चर्चित र्‍यापर गेट्सले चलाएको कारको ठक्करबाट लन्डनमा एक नेपाली युवकको मृत्यु भएको छ। ब्रिटिस प्रहरीका अनुसार ४१ वर्षीय र्‍यापर गेट्समाथि लन्डनको उत्तरपूर्वी इलफोर्ड क्षेत्रमा भएको ‘हिट एन्ड रन’ दुर्घटनामा खतरनाक ढंगले सवारी चलाएर गम्भीर चोट पुर्‍याएको आरोपमा मुद्दा दायर गरिएको छ।

गत शनिबार राति इलफोर्ड क्षेत्रमा गेट्सले २० वर्षीय युवीन तामाङलाई ठक्कर दिएका थिए। ठक्कर दिएपछि उनी घटनास्थलबाट फरार भएका थिए। गम्भीर घाइते तामाङलाई अस्पताल लगिएको भए पनि उपचारका क्रममा सोमबार उनको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

गेट्सलाई सोमबार स्ट्राटफोर्ड म्याजिस्ट्रेट्स कोर्टमा उपस्थित गराइएको थियो, जहाँ उनलाई ‘डेन्जर ड्राइभिङ्गद्वारा गम्भीर चोट पुर्‍याएको’ अभियोगमा मुद्दा दायर गरिएको हो।

अहिले उनी प्रहरी हिरासतमा छन् र अक्टोबर २७ मा बार्किङसाइड म्याजिस्ट्रेट्स कोर्टमा पुनः उपस्थित गराइनेछ। प्रहरीले दुर्घटनाका प्रत्यक्षदर्शीहरूलाई घटनाबारे जानकारी दिन आग्रह गरेको छ। मृतक युवीन तामाङ विद्यार्थी भिसामा अध्ययनका लागि बेलायत गएका थिए।

प्रकाशित मिति : २०८२ कार्तिक १० गते सोमवार
प्रतिक्रिया दिनुहोस