२०८३ बैशाख ३ गते बिहिवार | 2026 April 16th Thursday

११ लाखभन्दा बढी नगदसहित एक जना पक्राउ

काठमाडौँ, ८ फागुन।

प्रहरीले स्रोत नखुलेको रकमसहित एकजनालाई पक्राउ गरेको छ । महोत्तरीको मनरा शिसवा नगरपालिका–३ सोनौल बजारबाट स्रोत नखुलेको नगद ११ लाख ५१ हजार ३ सय रुपैयाँसहित एक जनालाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय महोत्तरी र प्रहरी चौकी इटहर्वाटकट्टीबाट खटिएको प्रहरी टोलीले सम्सी गाउँपालिका–७ बस्ने गौतम साहलाई बिहीबार दिउँसो नियन्त्रणमा लिएको हो।

पोखरभिण्डाबाट सोनौल बजारतर्फ जाँदै गरेको म.प्र.०२–००९ प १५१७ नम्बरको मोटरसाइकलमा सवार उनलाई जाँच गर्ने क्रममा उक्त रकम फेला परेको प्रहरीले जनाएको छ। घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

प्रकाशित मिति : २०८२ फाल्गुन ८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस