२०८३ भाद्र २८ गते आइतवार | 2026 September 13th Sunday

राप्ती बबई क्याम्पसमा दुई दिने अनुसन्धानमूलक बृहत राष्ट्रिय सम्मेलन सञ्चालन हुने

दाङ १३ फागुन।

दाङको तुलसीपुरस्थित राप्ती बबई क्याम्पसमा दुई दिने अनुसन्धानमूलक बृहत राष्ट्रिय सम्मेलन सञ्चालन हुने भएको छ।

शैक्षिक वातावरणलाई अनुसन्धानमुखी बनाउने उद्देश्यले क्याम्पसले आगामी चैत ६ र ७ गते उक्त सम्मेलन सञ्चालन गर्न लागेको हो।

दुई दिन सञ्चालन हुने उक्त सम्मेलनको बुधबार पत्रकार सम्मेलन गरी जानकारी गराइएको हो। पत्रकारहरुसंग कुराकानी गर्दै क्याम्पस प्रमुख गणेश पार्धेले दाङ र आसपासमा अनुसन्धानको क्षेत्रमा अपेक्षित उपलब्धि हुन नसकेको अवस्थामा शैक्षिक वातावरणलाई अनुसन्धानमुखी बनाउन सम्मेलन आयोजना गरिएको बताउनुभयो ।

उहाँका अनुसार सम्मेलनमा काठमाडौं, पोखरा र मध्यपश्चिम विश्वविद्यालयका उपकुलपतिसहित अमेरिका र भारतका प्रतिष्ठित प्राज्ञिक वक्ताको सहभागिता रहनेछ।

प्रकाशित मिति : २०८२ फाल्गुन १४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस