२०८३ बैशाख ३ गते बिहिवार | 2026 April 16th Thursday

उपचारका लागि देउवा सिंगापुर प्रस्थान

काठमाडौं, १४ फागुन ।

पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा स्वास्थ्य उपचारका लागि सिंगापुर गएका छन् ।

त्रिभुवन विमानस्थल स्रोतका अनुसार देउवा सिंगापुर एयरलाइन्सको उडानबाट बुधबार राति त्यसतर्फ प्रस्थान गरेका हुन् ।

उनीसँग केही अन्य व्यक्ति पनि सिंगापुर गएको बताइएको छ । जेन्जी आन्दोलनका क्रममा कुटपिटमा परेर घाइते भएपछि देउवाले यसअघि पनि सिंगापुरमै उपचार गराएका थिए ।

फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा देउवा सिंगापुर गएका हुन् ।

यसपटक भने उनी उम्मेदवार छैनन् । डडेल्धुराबाट कांग्रेसका तर्फबाट नैनसिंह महर उम्मेदवार बनेका छन् ।

प्रकाशित मिति : २०८२ फाल्गुन १४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस