२०८३ जेष्ठ २१ गते बिहिवार | 2026 June 4th Thursday

यूएईले आक्रमण गर्नका लागि आफ्नो जमिन प्रयोग गर्न नदिने

काठमाडौं ।

संयुक्त अरब इमिरेट्सले अमेरिकालाई आफ्नो जमिनबाट इरानमाथि हमला गर्न नदिने भएको छ ।

युएईकी विदेश राज्यमन्त्री लाना नुसैबेहले पत्रकारसँग कुरा गर्दै अमेरिकालाई आफ्नो देशको जमिन र आकाशको प्रयोग गर्न भने अनुमति नदिइने बताएकी हुन् ।

उनले इरानले गरेको आक्रमणको भने आफ्नो देशले आत्मरक्षाका लागि आवश्यकता कदम चाल्ने बताइन् ।

युएईका अमेरिकन बेसहरुलाई लक्षित गर्दै इरानले आक्रमण गरिरहेको छ ।

प्रकाशित मिति : २०८२ फाल्गुन २९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस