२०८३ जेष्ठ ११ गते सोमवार | 2026 May 25th Monday

सम्पत्ति हिनामिना र ठगी आरोपमा स्मार्ट टेलिकमका सर्वेश जोशी पक्राउ

काठमाडौ, २२ वैशाख ।

स्मार्ट टेलिकमका सर्वेश जोशीलाई सम्पत्ति हिनामिना र ठगी आरोपमा प्रहरीले पक्राउ गरेको छ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले उनलाई काठमाडौंको खुर्सानीटारबाट पक्राउ गरेको हो। प्रहरीका अनुसार ठगी तथा आपराधिक विश्वासघातसम्बन्धी कसूरमा संलग्न रहेको आरोपमा जिल्ला अदालतबाट अनुमति लिएर जोशीलाई नियन्त्रणमा लिइएको हो।

नेपाल दूरसञ्चार प्राधिकरणले लाइसेन्स नवीकरण नभएपछि स्मार्ट टेलिकमको अनुमतिपत्र खारेज गरेको थियो। त्यसपछि कम्पनीका सम्पत्ति, संरचना र सञ्जाल प्राधिकरणले आफ्नो नियन्त्रणमा लिएको थियो।

प्राधिकरणको नियन्त्रणमा रहेको सम्पत्तिमा हिनामिना गरी सरकारलाई नोक्सानी पुर्‍याएको आरोप जोशीमाथि लागेको छ। हाल उनलाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २०८३ बैशाख २२ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस