कामिरिता शेर्पा ३२ औँ पटक सगरमाथा आरोहण गर्न सफल
काठमाडौ, ३ जेठ ।
कामिरिता शेर्पा र लाक्पा शेर्पाले फेरि सगरमाथा आरोहण गरेर नयाँ कीर्तिमान बनाएका छन्। सोलुखुम्बुको थामे गाउँका ५६ वर्षीय कामिरिता शेर्पाले ३२ औँ पटक सगरमाथा आरोहण गरेका छन्।
उनी आज बिहान १० बजेर १२ मिनेटमा शिखरमा पुगेका हुन्। यससँगै उनले आफ्नै विश्व कीर्तिमान तोडेका छन्। उनी पहिलो पटक सन् १९९४ मा सगरमाथा पुगेका थिए। उनलाई ‘एभरेस्ट म्यान’ भनेर पनि चिनिन्छ।
हाल उनी आफ्नो टोलीसँग आधार शिविरतर्फ फर्किँदै छन्। यसैबीच, लाक्पा शेर्पाले पनि ११औँ पटक सगरमाथा आरोहण गरेकी छन्। उनी बिहान ९ बजेर ३० मिनेटमा शिखरमा पुगेकी हुन्।
लाक्पा शेर्पा महिला आरोहीमध्ये सबैभन्दा धेरै पटक सगरमाथा चढ्ने कीर्तिमान बनाएकी छन्। उनले नेपालको पर्वतारोहण इतिहासमा अर्को उपलब्धि थपेकी छन्।

प्रकाशित मिति : २०८३ जेष्ठ ३ गते आइतवार
