२०८३ कार्तिक १२ गते बुधवार | 2026 October 28th Wednesday

महिलाहरु आयआर्जनमा जोडिनु पर्छ : पूर्वमुख्यमन्त्री चौधरी

दाङ, ४ साउन ।

समुदायमा रहेका महिला समुह तथा विपन्न, लक्षित थारु महिलाहरुसंग आर्यआर्जन तथा आर्थिक विकासका विषयमा तुलसीपुरमा अन्तरक्रिया गरिएको छ ।

बेस सस्थाको आयोजकोना, तुलसीपुर उद्योग वाणिज्य संघको सहकार्य तथा डोम च्यारिटी तथा फेमिलि फाउण्डेशनको सहयोगमा कार्यक्रम गरिएको हो । विपन्न महिला तथा महिला समुहरुलाई आय आर्जनसंग जोडेर महिलाहरुको आर्थिक विकासमा टेवा पुर्‍याउने उदेश्यले कार्यक्रम गरिएको बेसका कार्यक्रम निर्देशक पिंकी डाँगीले बताउनु भयो ।

उहाँले बेसले धेरै वर्षदेखि अल्पसंख्यक, विपन्न, थारु महिलाहरुको क्षेत्रमा काम गर्दै आएको र समुहगतरुपमा पनि काम गरेको जानकारी गराउँदै यस वर्षमा पनि विभिन्न माध्यमबाट महिलाहरुलाई आर्थिकोपार्जन तथा आयआर्जनमा जोडिने बताउनु भयो । तुलसीपुर उपमहानगनरपालिका अन्तरगतका बस्तीमा रहेका महिला समूहका प्रतिनिधिहरुलाई कार्यक्रममा सहभागि बनाइ विभिन्न क्षेत्र र निकायबाट आएका योजना र कार्यान्वयनको अवधारणका विषयमा जानकारी गराइएको थियो ।

बेस संस्थामा सदस्य उजेली चौधरीको अध्यक्षतामा तथा पूर्वमुख्यमन्त्री डिल्ली बहादुर चौधरीको प्रमुख आतिथ्यतामा एवम् तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विनिल केसीको विशिष्ट आतिथ्यतामा कार्यक्रम गरिएको थियो ।

कार्यक्रममा पूर्वमुख्यमन्त्री डिल्लीबहादुर चौधरीले महिलाहरु आयआर्जनसंग जोडिनु पर्ने बताउनु भएको छ । आर्थिक समृद्धिका लागि महिलाहरुले कमाउनै पर्ने भन्दै आफनो सिप, व्यवसाय, कृषि सबै क्षेत्रसंग जोडिएर महिलाहरु आर्थिक शसशक्तिकरणमा लैजानु पर्ने बताउनु भयो । महिलामा आर्थिक विकास भयो भने मात्रै समाजरुपान्तरण हुने उहाँले भनाई थियो ।

महिलाहरुले घरमै बसेस २०र३० हजार रुपैया कमाउने वातारण बन्नु पर्ने र त्यो वातावरण निर्माण गर्न प्रदेश सरकार समेत लागेको छ, चौधरीले भन्नु भयो, यस वर्ष यो क्षेत्रमा १० हजार महिलालाई आय आर्जनमा जोड्ने गरि कार्यक्रमको व्यबस्था गरिएको छ । महिलामा आर्थिक सशक्तिकरण आबश्यक रहेको भन्दै आफुले महिला केन्द्रित आर्यआर्जन कार्यक्रममा पहल गरेको बताउनु भयो ।

वाणिज्य संघका अध्यक्ष विनिल केसीले महिलाहरुको सिप विकास र आयआर्जनका लागि संघले भूमिका खेल्ने बताउनु भयो । उनले प्रदेश सरकार, पूर्वमुख्यमन्त्री डिल्ली बहादुर चौधरीको सहयोगमा केहि सिप विकासका कार्यक्रम गरेर महिलाहरुलाई आयआर्जजमा जोडि सकिएको बताउनु भयो ।

बेसका कार्यक्रम निर्देशक पिंकी डाँगीले कार्यक्रमको उदेश्य र विषयबस्तुको वारेमा जानकारी गराउनु भएको थियो । उहाँले अहिलेसम्म गरेका कार्यक्रम र आगामी दिनमा गरिने कार्यक्रमको जानकारी समेत गराउनु भएको थियो । कार्यक्रममा तुलसीपुर उद्योग वाणिज्य सघका महासचिव केशवराज केसीले थारु महिलाहरुले परम्परागत बस्तुहरुलाई संरक्षण गरि त्यसलाई आयआर्जनमा लैजानु पर्ने बताउनु भयो । परम्परागत बस्तुहरु लोप हुन थालेका छन उहाँले भन्नु भयो, त्यहि कुन्द्रीलाई व्यवसायीकरणमा लैजाने हो भने पनि राम्रो आन्दानीको स्रोत बन्न सक्छ ।

सहभागि महिलाहरुले आर्यआर्जनका लागि प्रविधि सहयोग हुन सकेमा सिपलाई बजारसम्म पुर्‍याउन सक्ने बताएका थिए । केहि महिलासमुहले समूहगत रुपमा व्यवसायीक उत्पादनमा लागेका र आम्दानी समेत राम्रो भइरहेको जानकारी गराएका थिए । कल्पना चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा नरबहादुर चौधरी, जेनिसा केसीले उत्पादन र त्यसको बजारीकरणका विषयमा जानकारी गराउनु भएको थियो । कार्यक्रको सहजीकरण गोपाल शर्मा भट्टराईले गर्नु भएको थियो ।

प्रकाशित मिति : २०८३ साउन ४ गते सोमवार
प्रतिक्रिया दिनुहोस