लुम्बिनीमा आठ सय किलोमिटर सडक कालोपत्र
दाङ, १९ असार । लुम्बिनी प्रदेशमा पछिल्लो पाँच वर्षमा आठ सय ११ किलोमिटर सडक कालोपत्र गरिएको छ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण अनुसार आर्थिक वर्ष २०७५/०७६ देखि चालु वर्षसम्म सडक कालोपत्र भएको हो ।
अर्थ मन्त्रालयले सार्वजनिक गरेको सर्वेक्षण अनुसार एक हजार ६८ किलोमिटर सडक ग्राभेल र एक हजार नौ सय ६४ किलोमिटर सडक कच्ची छ ।
लुम्बिनी प्रदेशका १२ वटै जिल्ला सदरमुकाम पक्की सडक सञ्जालले जोडिएको छ । लुम्बिनीमा हालसम्म कच्ची, ग्राभेल र कालोपत्र गरी नौ हजार पाँच सय ९४ किलोमिटर सडक छ ।
प्रकाशित मिति : २०८० असार २० गते बुधवार