गायक सपुतमाथि बोतल प्रहार गर्ने व्यक्तिलाई रोमानियाको अध्यागमनमा बुझाइयो
गायक प्रकाश सपुतमाथि बियरको बोतल प्रहार गर्ने नेपाली व्यक्तिलाई कानूनी कार्वाहीका लागि रोमानियाको अध्यागमन कार्यालयमा बुझाइएको छ ।

आयोजक संस्थाका अनुसार ती व्यक्तिलाई रोमानियाको अध्यागमनमा हिरासतमा राखिएको छ । सोमबार राती भएको उक्त घटना लगत्तै आयोजकले ती व्यक्तिलाई नियन्त्रणमा लिएर अध्यागमनलाई बुझाएका थिए ।
अध्यागमनले अब उनलाई अदालतमा पेश गर्ने छ ।
प्रकाशित मिति : २०८० असार १२ गते मङ्गलवार