मुख्यमन्त्री चौधरी र स्वीजरल्याण्डका राजदूत बिच शिष्टाचार भेट
दाङ, १२ असार ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरी र स्वीजरल्याण्डका कार्यवाहक राजदूत माथियास मायर बिच शिष्टाचार भेट भएको छ। भेटका क्रममा मुख्य मन्त्री चौधरीले लुम्बिनी प्रदेश र स्वीस सरकार बिच साझेदारी संस्थाको रुपमा काम गर्न आग्रह गर्नु भएको छ ।
उहाँले लुम्बिनी प्रदेश सरकारले लिएको रोजगारीको लक्ष्य प्राप्तीका लागि स्वीस सरकारको प्राविधिक सहयोग आवश्यक रहेको बताउनु भयो । त्यस्तै मुख्यमन्त्री चौधरीले कृषि आधुनिकीकरण, युवा क्षमता विकास कार्यक्रमहरू सँगै मिलेर सञ्चालन गर्न आग्रह गर्नु भएको छ ।

समुदाय स्तरमा उत्पादन भएका सामाग्रीहरूलाई बजारीकरण तथा ब्रान्डिङ गरेर समुदायको पहुँच बजार सम्म पुराउन सँगै सहकार्य गरेर जान चाहेको बताउनु भयो ।
लुम्बिनी प्रदेश पर्यटकीय हिसाबले अग्र स्थानमा रहेको बताउँदै उहाँले लुम्बिनी लगायत लुम्बिनी प्रदेश भित्र रहेका विभिन्न पर्यटकीय क्षेत्रको विकासमा स्विस सरकारसँगको सहकार्य लगायतका विषयमा छलफल गर्नु भएको थियो ।