भारतको सहयोगमा बन्दै गरेका पूर्वाधारमा चासो
लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता भएको छ । भगवान गौतम बुद्धको जन्मथलो लुम्बिनीमा दुवै विच शिष्टाचार भेट भएको हो ।
मुख्यमन्त्री चौधरीको सचिवालयका अनुसार भेटघाटमा मुख्यमन्त्री चौधरीले भारत सरकारको लगानीमा बनिरहेका र रोकिएका पूर्वाधार निर्माणको विषयमा चासो देखाएका थिए । उनले अलपत्र अवस्थामा पुगेको तुलसीपुर–घोराही सडक खण्ड निर्माणको कामका विषयमा भारतीय राजदूतसमक्ष चासो दिएका थिए । उनले घोराही तुलसीपुर सडकको निर्माणको काम तत्काल सुरु गर्नका लागि भारतीय राजदूत श्रीवास्तवलाई आग्रह गरेका थिए ।

मुख्यमन्त्री चौधरी र भारतीय राजदूत श्रीवास्तवका बिचमा हुलाकी सडक समयमै सम्पन्न गर्ने बारेमा पनि छलफल भएको थियो । त्यसै गरेर पूर्व गोरखा ९भारतीय सेना०को बस्ती क्षेत्रमा पानीको पूर्वाधार निर्माण र पानी आपूर्तिको नवीकरण गर्नेबारे पनि छलफल भएको थियो । त्यसै गरेर प्रदेशभित्रका पर्यटकीय स्थलहरूमा भारतीय धार्मिक पर्यटक भित्राउने, ऐतिहासिक पर्यटकीय क्षेत्रको विकासका लागि सहकार्य गर्ने विषयमा छलफलसमेत गरिएको थियो ।
भारतीय एक्जिम बैंकको एक करोड २१ लाख ८२ हजार तीन सय अमेरिकी डलरमा सडक निर्माणको जिम्मा लिएको भारतीय निर्माण कम्पनी तथ्यले पाँच वर्षसम्म काम नगरी सडक अलपत्र छोडेपछि सरकारले गत जेठ महिनामा सम्झौता रद्द गरिसकेको छ । अब यो सडक खण्ड कहिले र कसरी निर्माण होला भन्ने अन्यौलता उत्पन्न भएको छ ।
निर्माणको गति पछिल्लो समय अघि बढ्न सकेको छैन भने घोराही–तुलसीपुरको सडकका कारण नागरिकहरूले सास्ती पाइरहेका छन् । भेटघाटमा प्रदेश योजना आयोग लुम्बिनीका उपाध्यक्ष डा। नहकुल केसी, पर्यटन विकास परिषद्का कार्यकारी निर्देशक रामु जोशीलगायतको टोली सहभागी भएको थियो ।
