२०८३ बैशाख ७ गते सोमवार | 2026 April 20th Monday

नेपाल स्वास्थ्यकर्मी संघ दाङको अध्यक्षमा हरि पुन मगर

दाङ । नेपाल स्वास्थ्यकर्मी संघ (हेपोन) दाङको अध्यक्षमा हरि पुन मगर सर्वसम्मत चयन हुनुभएको छ ।

दाङको धारापानीमा सम्पन्न भेलाले चार वर्षका लागि पुन मगरको अध्यक्षतामा १९ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

संघको खुला उपाध्यक्षमा प्रदिप योगी, महिला उपाध्यक्षमा कविता शर्मा, उपाध्यक्ष सरकारीमा नारायण शर्मा, उपाध्यक्ष निजीमा चिरञ्जीवी ढकाल, महिला स्वास्थ्य स्वयंसेविकातर्फको उपाध्यक्षमा धना जिसी, समावेशी उपाध्यक्षमा बबी महत, सचिवमा रुपलाल पाण्डे, कोषाध्यक्षमा रमेश बुढाथोकी चयन हुनुभएको छ ।

यसैगरी सहसचिवमै सरकारी क्षेत्रबाट वीरेन्द्र खड्का, निजी क्षेत्रबाट रमिता गौतम, स्वास्थ्य स्वयंसेविकातर्फ तिला जिएम र युवाका तर्फबाट बिक्रम राना सर्वसम्मत चयन हुनुभयो ।

सदस्यहरुमा कृष्ण आचार्य, कुलराज चौधरी, बिष्णु भण्डारी र राजदेवी चौधरी चयन हुनुभएको छ ।

नवनिर्वाचित अध्यक्ष पुन मगरले समग्र स्वास्थ्यकर्मीहरुको हकहितका पक्षमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

पुन मगर लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य मन्त्री राजु खनालको निजी सचिवमा कार्यरत हुनुहुन्छ ।

प्रकाशित मिति : २०८० पुष २८ गते शनिवार
प्रतिक्रिया दिनुहोस