नेपाली फिल्म ‘बुलाकी’ को गीत सार्वजनिक (भिडियो)
दाङ । यहि साउन ३२ गतेदेखि प्रदर्शनको तयारीमा रहेको फिल्म ‘बुलाकी’ ले ‘सधैं पछि परन्या हुन् स्त्री’ बोलको गीत सार्वजनिक गरेको छ । गीतले नारी वेदना बोल्छ ।
छत्रेश्वरी म्यानेजमेन्टकोले निर्माण गरेको ‘बुलाकी’ फिल्मको उक्त गीतमा समिक्षा अधिकारीको स्वर छ भने शब्द संगीत बाबुल गिरीको छ ।
फिल्ममा समावेश दृश्यहरूलाई जोडेर तयार गरिएको गीतको भिडियोमा अभिनेताद्वय विराज विष्ट र नरेन खड्का, अभिनेत्री सुरक्षा पन्त सहित कलाकारहरू सरस्वती खत्री, रमेश बुढाथोकी, सुशील पोखरेल लगायतलाई प्रस्तुत गरिएको छ ।
पश्चिम नेपालको गहिराईमा पुगेर सम्पूर्ण नेपालीको जीवन दैनिकीलाई चित्रण गरिएको यो फिल्मले यो बीचमा देश तथा विदेशमा विभिन्न ख्यातीप्राप्त अवार्ड तथा चलचित्र महोत्सवहरूमा उत्कृष्ट चुनिँदै आफ्नो अब्बलता प्रस्तुत गरिसकेको छ । नेपाल सरकारबाट विशेष चलचित्रको अवार्ड प्राप्त यो फिल्मलाई लक्ष्मण सुनारले निर्देशन गरेका हुन् ।
स्व. मोती विष्टको प्रस्तुतिमा बनेको ‘बुलाकी’लाई टोपेन्द्र विष्टले निर्माण गरेका हुन् । अर्जुन जिसीको सम्पादन र शिव ढकालले छायांकन गरेको फिल्मको प्रोडक्सन हेड धनबहादुर राई छन् ।
फिल्मलाई उपत्यकामा रीच इन्टरटेन्मेन्ट प्राली र मोफसलमा एफडी कम्पनीले वितरण जिम्मा लिएको छ ।
