२०८३ साउन ११ गते सोमवार | 2026 July 27th Monday

मनोरञ्जन भोज


मनोरञ्जन भोज सुरासुन्दरी खोजीमा छौँ हामी सधैं
नवग्रहको प्रभावले हो मौकामा सबै भोगौं तर समय छ बाँकी सोचौं अझै

रूपान्तरण अरूको होइन स्वमूल्याङ्कन गर्ने हो कि वाचा
नवग्रह पन्छाउँदै अगाडि बढौं प्राणी हितमा नगरौं उधारो वाचा

चुनौतीसँग अवसर सधैं साथमै रहने सधैं जानी राखौं
ग्रह दुर्दशा पूर्व आमन्त्रण गरिएको कर्मफल हुन् सधैं जानी राखौं

समस्याका थुप्रा छन् व्यक्ति समाज राष्ट्रमा यहाँ कति कति
नवग्रहलाई निम्त्याउने कर्म गर्छौ सधैं समस्याका थुप्रा जतिको त्यति

घरको खाँबा जीर्ण छानो देखिन्छ लथालिङ्ग छ
बन्धन खुकुलो चारैतिर डाँडाभाटा सबै भताभुङ्ग छ

हामी गर्नलाई मर्न तयार छौँ नेतृत्व किन जवाफदेही छैन यहाँ
आ–आफ्ना स्वार्थ पूरा गर्न गराउन राख्दै छन् बखेडा नयाँ

ईच्छा शक्ति सकारात्मक रूपान्तर नहुनु नेतृत्वमा हो नवग्रहको प्रभाव
यही चालचलन सधैं रहिरहदा थपिने समस्या हुनेछ अझै अभाव

नवग्रहको प्रभावमा मन्दिर आरती पूजासमेत खोक्रो आडम्बर बन्दै
स्वस्थ समृद्ध शान्ति सबैको चाहना हुँदाहुँदै समेत किन अन्धो बन्दै

प्रकाशित मिति : २०८० असार ३१ गते आइतवार
प्रतिक्रिया दिनुहोस