२०८३ जेष्ठ २१ गते बिहिवार | 2026 June 4th Thursday

राष्ट्रिय परिचयपत्र बनाउने महिलाभन्दा पुरूष बढी

तुलसीपुर, १८ साउन ।

राष्ट्रिय परिचयपत्र बनाउनेमा महिलाभन्दा पुरूष बढी रहेका छन् । ईलाका प्रशासन कार्यालय तुलसीपुरमा दुई आर्थिक वर्षमा राष्ट्रिय परिचयपत्रका बनाउने ३६ हजार १ सय ६८ जनामध्ये २२ हजार ६ सय ७८ जना पुरूष रहेका छन् । यस्तै दुई वर्षको अवधिमा १३ हजार ४ सय ९० जना महिलाले राहदानी बनाएका छन् ।

राहदानी बनाउनका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य भएका कारण पुरूषको संख्या बढी देखिएको कार्यालयका प्रमुख यज्ञ बहादुर बुढाले बताए ।

उनका अनुसार आर्थिक वर्ष २०७९र०८० मा ७ हजार ७ सय ३७ जना महिला र १३ हजार ४ सय १६ जना पुरूष गरी २१ हजार १ सय ५३ जनाले राष्ट्रिय परिचयपत्र बनाएका छन् ।

यस्तै आर्थिक वर्ष ०७८र०७९ मा ५ हजार ८ सय ६ जना महिला र ९ हजार २ सय ६२ जना पुरूष गरी जम्मा १५ हजार ६८ जनाले राष्ट्रिय परिचयपत्र बनाएका थिए ।

यस्तै गत आर्थिक वर्ष २०७९र०८० को एक वर्षमा १७ हजार ९ सय ६८ जनाले नागरिकता लिएका छन् । तिमध्ये ४ हजार २ सय ९२ महिला र ३ हजार ७ सय ४३ जना पुरूष गरी ८ हजार २ सय ३५ जनाले नयाँ नागरिकता प्राप्त गरेका छन् भने ९ हजार ७ सय ३३ जनाले नागरिकताको प्रतिलिपि लिएका छन् ।

दलित, जनजाति, मधेशी नामथर आदि फरक भएको प्रमाणित गराउने १ हजार ४ सय २१ जना, ९७ महिला र ९९ पुरूष गरी १ सय ९६ जनाले नाबालक प्रमाणपत्र लिएका छन् ।

अभिलेख माग भिडान गराउनेको संख्या १ हजार ४ सय ६५ रहेको छ । ३ हजार ९ सय ९४ जना महिला र ८ हजार १ सय ४२ जना पुरूष गरी १२ हजार १ सय ३६ जनाले राहदानी लिएका छन् ।

यस्तै आर्थिक वर्ष २०७८र०७९ मा ५ हजार ७ सय ६१ महिला र ४ हजार ९ सय ६२ जना पुरूष गरी १० हजार ७ सय २३ जनाले नयाँ नागरिकता लिएका थिए भने ५ हजार ७४ जनाले नागरिकताको प्रतिलिपि लिएका थिए ।

दलित, जनजाति, मधेशी नामथर आदि फरक भएको प्रमाणित गराउने २ हजार १ सय १ जना, नाबालक प्रमाणपत्र लिने ६४ महिला र ५५ पुरूष गरी १ सय १९ जना, अभिलेख माग गराउने १ हजार ७ सय ३७, २ हजार १ सय ५३ जना महिला र ४ हजार ६ सय २७ जना पुरूष गरी ६ हजार ७ सय ८० जनाले राहदानी लिएका थिए ।

कार्यालयले दिएको तथ्यांक अनुसार वितेको आर्थिक वर्षमा ईलाका प्रशासन कार्यालय तुलसीपुरबाट ५४ हजार ३ सय ३९ जनाले सेवा लिएका छन् भने अघिल्लो आर्थिक वर्षमा ४१ हजार ६ सय २ जनाले सेवा लिएका थिए । सेवा लिनेमा सबैभन्दा धेरै राष्ट्रिय परिचयपत्र बनाउनेहरूको संख्या धेरै रहेका छन् ।

राजस्वमा बृद्धि
ईलाका प्रशासन कार्यालय तुलसीपुरले राजस्व संकलन दोब्बरले वृद्धि गरेको छ । कार्यालयले अघिल्लो आर्थिक वर्षभन्दा बितेको आर्थिक वर्षमा ३ करोड, ५१ लाख, ४५ हजार २० रूपैयाँ दोब्बरले राजस्वमा बृद्धि गरेको हो । सेवा लिनेहरूको संख्या बढेका कारण राजस्वमा पनि वृद्धि भएको प्रमुख बुढाले बताए ।

बितेको आर्थिक वर्ष २०७९र०८० मा ६ करोड, ८८ लाख ४४ हजार ९ सय २० राजस्व संकलन भएकोमा आर्थिक वर्ष २०७८र०७९ मा ३ करोड, ३६ लाख ९९ हजार ९ सय राजस्व संकलन गरेको थियो ।

बितेको आर्थिक वर्षमा राहदानी शुल्कबाट ६ करोड ८३ लाख ३ हजार १ सय ७०, प्रशासनिक दण्ड जरिवाना र जफत शुल्कबाट ४६ हजार २ सय ५०, हातहतियारको इजाजत नवीकरण दस्तुरबाट ५६ हजार ७ सय ५०, सरकारी सम्पत्तिको विक्तबाट प्राप्त रकम १७ हजार ५ सय र अन्य प्रशासनिक सेवा शुल्कमार्फत ५ हजार रूपैयाँ राजस्व संकलन गरेको कार्यालयले जनाएको छ ।

कार्यालयले आर्थिक वर्ष २०७८र०७९ मा ३ करोड, ३६ लाख ९९ हजार ९ सय राजस्व संकलन गरेको थियो । राहदानी शुल्क ३ करोड, ३६ लाख ३० हजार, प्रशासनिक दण्ड जरिवाना र जफत शुल्क ४ हजार २ सय, हातहतियारको इजाजत नवीकरण दस्तुर २७ हजार ६ सय र अन्य प्रशासनिक सेवा शुल्क ३ सय रूपैयाँ राजस्व संकलन गरेको थियो । यो समाचार प्रदेश टुडे राष्ट्रिय दैनिकमा निता चौधरीले लेख्नुभएको छ ।

प्रकाशित मिति : २०८० साउन १८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस