२०८३ जेष्ठ ३० गते शनिवार | 2026 June 13th Saturday

‘मै हुँ शिवको शिवानी’ तीज गीत सार्वजनिक (भिडियो)

काठमाण्डौं ।

‘मै हुँ शिवको शिवानी ’ बोलको तीज गीत सार्वजनिक भएको छ । नजिकिँदै गरेको तीजलाई लक्षित गरेर निर्माण गरिएको गीतमा गायिका शान्ति श्री परियार को स्वर रहेको छ । भगवान शिवले गरेको योगदान र उनको प्रसंसा गर्दै गीत निमार्ण गरिएको छ ।

कृष्ण देव रुपाखेतीले निर्देशन गरेको भिडियोमा स्मारिका ढकाललाई फिचरिङ गरिएको छ । मौलिक लोक लयमा आधारित गीतको भिडियो उत्सव दाहालले खिचेका हुन् भने भिडियोको सम्पादन मिन रावल रहेको छ ।

गीतमा अभि वाग्लेले कोरियोग्राफी गरेका छन ।  यस गीतको शब्द गीतकार गिता गिरी तथा संगीत भद्र वली रहेको छ ।

ग्रेट एविजी को ब्यानरबाट युट्युबमार्फत् सार्वजनिक भएको गीतको निर्माण राम बहादुर गिरी र भगवती गिरीले निमार्ण गरेकी हुन ।

प्रकाशित मिति : २०८१ साउन ७ गते सोमवार
प्रतिक्रिया दिनुहोस