२०८३ जेष्ठ २१ गते बिहिवार | 2026 June 4th Thursday

४६ वर्षपछि फर्कियो नाच्देउ मैच्याङ

काठमाडौं । गायक तथा संगीतकार शम्भुजित बासकोटा र गायिका देविका बन्दनाको स्वरमा रहेको चर्चित गीत ‘ नाच्देउ मैच्याङ’ को रिमेक भर्सन सार्वजनिक भएको छ ।

रिमेक भर्सनको गीतमा संगीतकार शम्भुजित बाँस्कोटाको स्वर, शब्द र संगीत छ । उनलाई स्वरमा पाल्मु शेर्पाले साथ दिएकी छन् । यो गीत शम्भुजित ले ४६ वर्ष अघि रेडियो नेपालमा गाएका थिए ।

गीतमा चाँद सिंहको एरेन्ज, चन्द्र चौधरीको मिक्सिङ र मास्टरिङ छ । सोमबार परेको गुरु पूर्णिमाको अवसर पारेर सार्वजनिक गीतको भिडियोमा पल शाह र छिरिङ शेर्पा फिचर्ड छन् ।

भिडियोको निर्माता गायिका पाल्मु नै हुन् । ‘मैले यो गीत ४६ वर्षअघि सिक्नका लागि गाएको थिएँ । अहिले आएर त्यसलाई अझ नयाँ रुप दिँदै गाउन पाउँदा प्रफुल्लित छु’, राजधानीमा आयोजित भिडियो सार्वजनिक कार्यक्रममा शम्भुजितले भने।

शम्भुजित नेपालको पहिलो म्युजिक भिडियो निर्देशक समेत हुन् । गायिका पाल्मुले बाल्यकालदेखि नै शम्भुजितको गीत र संगीत सुनेर हुर्किएको स्मरण गर्दै अहिले यो गीतमा शम्भुजितसँग सहकार्य गर्न पाउनु आफ्ना लागि अहोभाग्य भएको बताइन्

प्रकाशित मिति : २०८० असार १९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस