२०८३ बैशाख ७ गते सोमवार | 2026 April 20th Monday

अन्तर पालिका शिक्षक भलिबल प्रतियोगिताको उपाधि घोराही प्याब्सनलाई

दाङ, २६ फागुन ।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल ९प्याब्सन ० दाङको आयोजनामा भएको अन्तर पालिका शिक्षक भलिबल प्रतियोगिताको उपाधि प्याब्सन घोराहीको समूह ञकझले जितेको छ ।

प्याब्सन दाङको आयोजनामा आज शनिबार दाङको घोराहीस्थित मेचीकाली सेकेन्डरी बोर्डिङ स्कुलमा भएको प्रतियोगितामा प्याब्सन घोराहीको समूह ञकझ ले उपाधि जितेको हो ।

त्यस्तै प्रतियोगितामा प्याब्सन घोराहीको समूह ञखझ उप विजेता भएको छ । साथै प्रतियोगितामा तुलसीपुर प्याब्सनको समूह ञकझ तृतीय भएको थियो ।

प्रतियोगितामा घोराही प्याब्सनबाट २ , तुलसीपुर प्याब्सनबाट २ र नगर प्याब्सनबाट १ गरी ५ समूहको सहभागिता रहेको थियो ।

कार्यक्रम प्याब्सन दाङका उपाध्यक्ष तथा अतिरिक्त क्रियाकलापका संयोजक चक्रबहादुर रावतको अध्यक्षता तथा प्याब्सन केन्द्रीय सचिव यादव गिरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा जिल्ला अध्यक्ष मधुसुदन केसीले धन्यवाद ज्ञापन गरेका थिए ।

घोराही नगर प्याब्सनका अध्यक्ष बीरेन्द्र चन्दको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको सहजीकरण जिल्ला सचिव आदिम केसीले गरेका थिए ।

प्रकाशित मिति : २०८० फाल्गुन २६ गते शनिवार
प्रतिक्रिया दिनुहोस