२०८३ जेष्ठ ३० गते शनिवार | 2026 June 13th Saturday

आईसीसी महिला टी-ट्वेन्टी विश्वकपमा बंगलादेशको स्थान सुरक्षित

काठमाडौँ।

बंगलादेशले आईसीसी महिला टी-ट्वेन्टी विश्वकपमा आफ्नो स्थान सुरक्षित गरेको छ।

छनोटअन्तर्गत बुधबार सुपर सिक्समा थाइल्यान्डलाई ३९ रनले हराउँदै बंगलादेशले विश्वकपमा स्थान सुरक्षित गरेको हो। बंगलादेशले दिएको १६६ रनको लक्ष्य पछ्याएको थाइल्यान्डले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १२६ रन मात्र बनाउन सक्यो।

समूह चरणमा अपराजित रहेको बंगलादेशले सुपर सिक्समा चार अंक लगेको थियो। थाइल्यान्डलाई हराएसँगै ३ खेलबाट ६ अंक बटुल्दै बंगलादेश विश्वकपमा पुगेको हो।

सुपर सिक्सबाट शीर्ष चार टोली विश्वकपमा पुग्नेछन्। बंगलादेश ६ अंकसहित शीर्षस्थानमा रहँदा स्कटल्यान्ड र नेदरल्यान्ड्सको समान ४ अंक छ। आयरल्यान्डले समूह चरणबाट २ अंक लैजाँदा अमेरिका र थाइल्यान्ड अंकविहीन छन्।

बंगलादेशले सुपर सिक्समा स्कटल्यान्ड र नेदरल्यान्ड्ससँग खेल्न बाँकी छ। त्यस्तै, स्कटल्यान्डले अमेरिका र नेदरल्यान्ड्सले आयरल्यान्डसँग पनि खेल्नेछ।

प्रकाशित मिति : २०८२ माघ १४ गते बुधवार
प्रतिक्रिया दिनुहोस