२०८३ साउन १० गते आइतवार | 2026 July 26th Sunday

३३ औँ स्थापना दिवसका अवसरमा मैत्रीपूर्ण फुटबल

दाङ
नेपाल पत्रकार महासंघ दाङ शाखाको ३३औँ स्थापना दिवसको अवसरमा पत्रकारहरूबीच मैत्रीपूर्ण फुटबल खेल सम्पन्न भएको छ। आपसी सद्भाव, सहकार्य र खेलकुदमार्फत स्वास्थ्य प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको उक्त खेल उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको हो।

मैत्रीपूर्ण खेलमा पत्रकारहरूलाई दुई समूहमा विभाजन गरी खेलाइएको महासङ्घका अध्यक्ष सन्तोष सुवेदीले जानकारी दिनुभएको छ।

समूह ‘ए’ र समूह ‘बी’बीच भएको प्रतिस्पर्धात्मक खेलमा समूह ‘ए’ले समूह ‘बी’लाई शून्यका विरुद्ध २ गोलले पराजित गर्न सफल भयो।

समूह ‘ए’को जितमा कपिल लामिछाने र शालिक चौधरीले एक–एक गोल गर्दै महत्वपूर्ण योगदान दिएको कार्यक्रम संयोजक प्रकाश चौधरीले जानकारी दिनुभएको छ।

खेलमा पत्रकारहरू सन्तोष सुवेदी, जेएन सागर, प्रकाश चौधरी, बसन्त परियार, सुमन केसी, हेमराज परिवर्तन, सरद अधिकारी, आरके शित्तल, लक्ष्मीमान चौधरी, शालिक चौधरी, सुशील चौधरी, दीपक वली, दीपक जिएम, लिलाधर वली, शान्तकुमार बुढा मगर, जङ्ग रेउले, माधवकुमार वली, कपिल लामिछाने, सागर सुवेदी, हिमाल विक, सन्तोष केसी र राजेश गौतम लगायतका पत्रकारहरूको सहभागिता रहेको थियो।

कार्यक्रम सफल बनाउन सहयोग गर्ने रेफ्री, लाइन्सम्यान तथा खेल मैदान व्यवस्थापन टिमप्रति आयोजकले धन्यवाद व्यक्त गरेको छ। स्थापना दिवसका अवसरमा आयोजित यस प्रकारका खेलकुद गतिविधिले पत्रकारहरूबीच आपसी एकता, मित्रता र सहकार्यलाई थप मजबुत बनाउने विश्वास आयोजकले लिएको छ।

प्रकाशित मिति : २०८२ पुष २ गते बुधवार
प्रतिक्रिया दिनुहोस