२०८३ जेष्ठ ११ गते सोमवार | 2026 May 25th Monday

नेशनल प्याब्सन दाङको बृहत् खेलकुद प्रतियोगिता सुरू

दाङ, २६ मंसिर ।

नेशनल प्याब्सन दाङले आयोजना गरेको बृहत् खेलकुद प्रतियोगिता बेल्झुण्डी रंगशालामा सुरू भएको छ।

प्रतियोगिता मंसिर २८ गतेसम्म सञ्चालन हुनेछ। उद्घाटन कार्यक्रम जिल्ला अध्यक्ष शालिकराम कार्कीको अध्यक्षता र प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालको प्रमुख आतिथ्यतामा भएको थियो।

तीन दिनसम्म चल्ने यस प्रतियोगितामा नेशनल प्याब्सनमा आवद्ध २७ विद्यालय सहभागी भएका छन्। छात्र–छात्रातर्फ १००, २००, ४००, ८००, १५०० र ३००० मिटर दौड प्रतियोगिता हुने आयोजकले जानकारी दिएको छ।

त्यसैगरी, छात्रछात्रा दुवैका लागि सटफुट, ज्याब्लिन थ्रो, हाइजम्प, लङजम्प, त्रिपल जम्प, साथै १०० मिटर र ४०० मिटर रिले दौड पनि आयोजना हुनेछ। साथै आधारभूत तहको फुटसल प्रतियोगिता र भलिबल प्रतियोगिता समेत सञ्चालन हुनेछन्।

वरिष्ठ उपाध्यक्ष ठाकुर प्रसाद डाँगीको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको सहजीकरण जिल्ला सचिव छवि कुमार वलीले गरेका थिए।

प्रकाशित मिति : २०८२ मङ्सिर २६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस