२०८३ बैशाख ७ गते सोमवार | 2026 April 20th Monday

घोराही मेयरकपको उपाधी १५ लाई

दाङ । घोराही मेयर कपको उपाधि १५ नम्बर वडाले हात पारेको छ । साविक विजेता १५ ले यसपटकल पुनः यो प्रतियोगीताको उपाधि हात पारेको हो ।

शनिबार घोराही गुलरिया स्थित क्रिकेट मैदानमा सम्पन्न फाइनल खेलमा वडा नम्बर १५ ले वडा नम्बर १८ लाई ९ विकेटले पराजित गरेको हो ।

टस जितेर पहिलो ब्याटिङ गरेको वडा नम्बर १८ ले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ९८ रन बनाएको थियो । जसमा मनोज पुन मगरले २० रनको योगदान गरे भने अविनाशजंग रानाले १७ रनको योगदान गरेका थिए ।

९९ रनको लक्ष्य सहित जवाफी ब्याटिङमा उत्रिएको वडा नम्बर १५ ले ११.४ ओभरमा एक विकेट गुमाउँदै लक्ष्य भेट्टाएको थियो ।

१५ नम्बरका लागि ओपनर व्याट्स म्यान बिसम थापाले ४९ रनको योगदान गरे भने शिशिर डाँगीले ३१ रनको योगदान गरे । प्रतियोगीताको म्यान अफ द म्याच बिसम थापा भएका थिए ।

यसैगरि प्रतियोगतिा अवधिभर उत्कृष्ट बलिङ गरेका किसन भारती बेस्ट बलर, शिशिर डाँगी बेस्ट ब्याट्स म्यान र म्यान अफ द सिरिज बिसम थापा घोषित भएको प्रतियोगीताका संयोजक देव भण्डारीले जानकारी दिए ।

प्रतियोगीताको विजेता समूहले ५० हजार रुपैयाँ र उपविजेता समूहले २५ हजार रुपैयाँ पुरस्कार हात पारेका छन् । प्रतियोगीतामा १२ समूह सहभागी थिए ।

प्रकाशित मिति : २०८१ बैशाख १५ गते शनिवार
प्रतिक्रिया दिनुहोस