२०८३ बैशाख ७ गते सोमवार | 2026 April 20th Monday

काठमाडौं महानगरपालिकाले नेपाल र नेदरल्यान्ड्सबीचको टी-ट्वान्टी विश्वकप क्रिकेटको खेल टुँडिखेलमा नि:शुल्क देखाउने

काठमाडौं । भोलि बेलुकी ९:१५ देखि सुरु हुने नेपाल र नेदरल्यान्ड्सबीचको टी-ट्वान्टी विश्वकप क्रिकेटको खेल टुँडिखेलमा नि:शुल्क देखाइने भएको छ ।

काठमाडौं महानगरपालिका र ओपन डोर्स इन्टरटेन्मेन्टको संयुक्त पहलमा नेपालको खेल ठूलो एलईडी स्क्रिनमा नि:शुल्क देखाइन लागिएको हो ।

ओपन डोर्स इन्टरटेनमेन्टका निर्देशक एलिन श्रेष्ठका अनुसार ३०/१६ फुटको स्क्रिनमा खेल देखाइने छ ।

साथै खेल सुरु हुनुअघि इन्दिरा जोशी, महेश काफ्ले, रचना रिमाल, भीयोमा लगायतका कलाकारले प्रस्तुति समेत दिने उनले बताए ।

विश्वकपमा नेपालका अन्य खेल नेपाली समय अनुसार बिहान परेकाले ती खेल ठूलो स्क्रिनमा देखाउने/नदेखाउने निश्चित नभएको उनले सुनाए ।

प्रकाशित मिति : २०८१ जेष्ठ २१ गते सोमवार
प्रतिक्रिया दिनुहोस