२०८३ जेष्ठ २१ गते बिहिवार | 2026 June 4th Thursday

अध्यक्षकप खेलकुद प्रतियोगिता शुरु

दाङ ।

दंगीशरण गाउँपालिकाको आयोजनामा गाउँपालिका स्तरीय तेस्रो अध्यक्षकप खेलकुद प्रतियोगिता २०८१ को बुधवार एक कार्यक्रमकाविच उद्घाटन गरीएकोछ ।

स्वस्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने मुल उदेश्यकासाथ बुधवारदेखि शुरुभएको तेस्रो अध्यक्षकप खेलकुद  प्रतियोगिताको लुम्बिनी प्रदेशका पुर्व मुख्यमन्त्री डिल्लि बहादुर चौधरीले उद्घाटन गर्नुभएको हो ।

उद्घाटन समारोह दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरीको अध्यक्षता, लुम्बिनी प्रदेशका पुर्व मुख्यमन्त्री डिल्लि बहादुर चौधरीको प्रमुख अथित्यता तथा गाउँपलिका उपाध्यक्ष पिमा वलि खड्काको विशिष्ट आथित्यता कार्यक्रम भएको हो ।

उद्घाटन समारोहलाइ सम्बोधन गर्दै लुम्बिनी प्रदेशका पुर्व मुख्यमन्त्री चौधरीले खेल क्षेत्रको विकासका लागि स्थानीयस्तर देखिनै सवैको चासो हुनुपर्ने बताउनुभयो ।

स्थानीय सरकारले मास्टर पलानकासाथ खेल पुर्वाधारतर्फ योजना माग गरेमा प्रदेश सरकारबाट हुने सहयोगमा भरपुर सगयोग गर्ने उहाँले बताउनुभयो ।

उद्घाटन समारोहमा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत बिनोद अधिकारी ,वडा न १ का वडा अध्यक्ष तथा गाउँपालिकाका प्रबक्ता रमेश भण्डारी ,नेपालि काङ्ग्रेस दंगीशरणका उपशभापती गिरीराज न्यौपाने लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

उद्घाटन समारोहमा उपस्थिति सबैलाइ अध्यक्षकप खेलकुद प्रतियोगिताका खेल सयोजक एबम सामाजिक विकाश समितीका सयोजक रोशन जंग शाहले धन्यवाद ब्यक्त गर्नुभएको थियो ।

वडा न ५ का वडा अध्यक्ष निरज बस्नेतको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण गाउँपालिकाका प्रेश सयोजक प्रमोद आचार्यले गर्नुभएको थियो ।

प्रकाशित मिति : २०८१ फाल्गुन ८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस