२०८३ जेष्ठ २१ गते बिहिवार | 2026 June 4th Thursday

एनपीएल सिजन–२ काठमाण्डौको तेस्रो जित, चितवनको तेस्रो हार

काठमाडौं ।

नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ मा काठमाण्डौ गोर्खाजले चितवन राइनोजलाई ५३ रनले पराजित गरेको छ ।

काठमाण्डौले दिएको १४३ रनको लक्ष्य पछ्याएको चितवन १७ ओभर २ बलमा ८९ रनमा समेटियो । चितवनका लागि देव खनाल र रवि बोपाराले समान २१-२१ रन बनाए । शोहिल तन्विरले १८ रन बनाउदा अन्य ब्याटर दोहोरो अङ्‍कमा रन बनाउन सकेनन् ।

टस हारेर पहिला ब्याटिङ गरेको काठमाण्डु १९ ओभर ४ बलमा १४२ रनमा अलआउट भएको थियो । काठमाण्डौका लागि जोन सिम्पसोनले सर्वाधिक ६० रन बनाए । उनले २९ बलमा ३ चौका र ५ छक्का प्रहार गरे ।

जोन र मिलिन्दले चौथो विकेटका लागि ९८ रनको साझेदारी गरे । मिलिन्दले ३८ रनको योगदान दिए । वेन चाल्र्सवर्थ १३, आकाश त्रिपाठी ४, रसिद खान ६, महोम्मद आदिल आलम ८, जेरार्ड एरास्मस ०, कप्तान करण केसी १, सन्तोष यादव ० र दीपेश कँडेल ६ रनमा आउट भए । शाहव आलम २ रनमा रहे ।

काठमाण्डौले एनपीएलमा तेस्रो जित निकालेको छ । चितवनले भने तेस्रो हार बेहोरेको छ ।

प्रकाशित मिति : २०८२ मङ्सिर १२ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस