विश्वकप एसिया छनोटको मिति तय
अमेरिका र वेस्ट इन्डिजले सन् २०२४ को जुनमा आयोजना गर्ने टी—ट्वान्टी विश्वकपका लागि आइसीसीले आफ्नो वेवसाईट मार्फत प्रतियोगिता आगामी अक्टोबर ३० अर्थात कार्तिक १३ बाट सुरु हुने जनाएको छ ।
प्रतियोगिता नोभेम्बर ९ अर्थात कार्तिक २३ गतेसम्म चल्नेछ ।
एसियाको छनोटमा नेपालसहित ८ राष्ट्रको सहभागीता रहनेछ ।
प्रतियोगितामा नेपाल सहित युएई, ओमान, हङकङ, बहराइन र सिंगापुरले प्रतिस्पर्धा गर्दै छन् ।
बाँकी दुई राष्ट्र छनोट चरण पार गरेर आउनेछन् ।
सहभागी ८ टोलीलाई दुई समूहमा विभाजन गरिएनेछ । हरेक समूहको शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछ ।
फाइनल पुग्ने टोलीले अर्को वर्ष अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुने विश्वकपमा स्थान बनाउने छन् ।
नेपाल क्रिकेट संघ (क्यान) का अनुसार प्रतियोगिताका खेलहरू टियु क्रिकेट मैदानमा र मुलपानी क्रिकेट मैदानमा हुनेछ ।
टी—ट्वान्टी विश्वकपका लागि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) ले नेपाललाई एसिया क्षेत्रको छनोट चरणको प्रतियोगिताको आयोजना अधिकार दिएको थियो ।