२०८३ बैशाख ७ गते सोमवार | 2026 April 20th Monday

आइसीसी टी २० विश्वकप छनोट प्रतियोगितामा नेपालको विजयी सुरुवात

काठमाडौं, १३ कात्तिक । काठमाडौंमा आजदेखि सुरु भएको आइसीसी टी २० विश्वकप छनोट प्रतियोगितामा नेपालले विजयी सुरुवात गरेको छ ।

त्रिवि क्रिकेट मैदानमा सिंगापुरले दिएको १४६ रनको लक्ष्य नेपालले मात्र २ विकेट गुमाएर १६।३ ओभरमा पूरा गरेको हो । नेपाल ८ विकेटले विजयी भयो ।

नेपाललाई जिताउन ओपनर कुशल भुर्तेलले उत्कृष्ट पारि खेले । पहिलो विकेटका लागि कुशलले आशिफ शेखसँग ८४ रनको साझेदारी गर्दै नेपालको जितको आधार तयार पारेका थिए ।

आशिफ व्यक्तिगत २७ रन बनाएर आउट भएका थिए । उनले २६ बलमा १ छक्का र २ चौका प्रहार गरेका थिए ।

आशिफ आउट भएपछि कप्तान रोहित पौडेल क्रिजमा आएका थिए। कुशल र रोहित मिलेर नेपाललाई जित नकिज पुर्‍याएका थिए ।

म्याच फिनिसिङ गर्ने चक्करमा कुशल ७४ रन बनाएर आउट भएका थिए । उनले ५८ बलमा २ छक्का र ८ चौका प्रहार गरे ।

यसैगरी कप्तान रोहित पौडेल ३५ रनमा नटआउट रहे । उनले २४ बलमा २चौका र २ छक्का प्रहार गरे ।

यसैगरी कुशल मल्ल आएर १ बलमा छक्का प्रहार गर्दै नेपाललार्य सहज जित दिलाए । सिंगापुरका अनन्त कृष्ण र अक्ष पुरीले एक एक विकेट लिए ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिला ब्याटिङ गरेको सिंगापुरले निर्धारित ओभरमा ९ विकेट गुमाएर १४५ रन बनायो ।

सिंगापुरका रोहन रंगराजनले सर्वाधिक ४६ रनको पारि खेल्दा आर्यभीर चौधरीले नटआउट ३७ रन बनाए ।

यसैगरी मनप्रित सिंहले २४ रन बनाँदा अरु खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

नेपालका लागि अभिनाश बोहोराले सर्वाधिक ३ विकेट लिँदा करण केसी, सन्दीप लामिछाने र गुल्सन झाले दुई दुई विकेट लिए ।

सिंगापुरले खाता नखोल्दै पहिलो विकेट गुमाएको थियो । नेपालका करण केसीले सिंगापुरका कप्तान अरित्रा दत्तलाई खाता पनि खोल्न नदिएर आशिफ शेखबाट क्याच आउट गराएका थिए ।

दोस्रो विकेटको रुपमा सिंगापुरले सुरेन्द्रन चन्द्रमोहनलाई गुमाएको थियो । उनलाई सन्दीप लामिछानेले आउट गरेका थिए । आक्रामक क्रिकेट खेलेका रोहन रंगराजनलाई भने गुलसन झाले पभेलियन पठाए ।

३० बलमा ४६ रनको पारि खेल्दा रंगराजनले १ छक्का र ९ चौका प्रहार गरेका थिए । नेपाली बलरमाथि हावी भएका बेला गुलसनले आफ्नो स्पेनलको पहिलो बलमै सन्दीप जोरमार्फत क्याच आउट गराएर नेपाली टिमलाई राहत दिलाएका थिए ।

चौथो विकेटको रुपमा अम्रात्य कौललाई नेपालले आउट गराएका थियो । उनले खाता नै नखोली गुलसनकै ओभरमा पभेलिन फर्किए।

पाँचौं विकेटको रुपमा नेपालले जनप्रकाशको विकेट लिएको थियो। जनकप्रकाशे ७ रन बनाएर आउट हुँदा सन्दीपको एलबीडव्ल्यूको धरापमा परेका थिए ।

मनप्रित सिंह र आर्यभीर चौधरी मिलेर सिंगापुरको पारि ११५ प्लस बनाए । मनप्रित १६।३ ओभरमा २४ रन बनाएर करण केसीको बलमा आउट भए ।

उनलाई रोहित पौडेलले क्याचआउट गराएका हुन् । सातौं विकेटको रुपमा थिलिप थिलाप्पन पभेलियन फर्किएका थिए । उनी १ रनमात्रै बनाएर बाटो लाथे ।

उनलाई सन्दीप जोरामार्फत अभिनाश बोहोराले क्याच आउट गराएका थिए । सातौं र आठौं विकेट सिंगापुरको १२४ को स्कोरमा गुमेको थियो ।

आठौं विकेटको रुपमा अनन्त कृष्ण खाता नै नखोली अभिनाशकै बलमा कप्तान रोहित पौडेलमार्फत क्याच आउट भए । नवौं विकेटको रुपमा सिंगापुरले आर्यभिर चौधरीलाई आउट गरेको थियो।

चौधरीले २६ बलमा ३७ रनको उत्कृष्ट पारि खेलेका थिए । उनले २६ बल फेस गर्दा ५ चौका प्रहार गरे । यस्तै अक्ष्य पुरी १३ रनमा नटआउट रहँदा १ छक्का र १ चौका प्रहार गरे ।

यसेगरी रमेश कलिमुथले १ रनको नटआउट पारि खेले पनि सिंगापुरले निर्धारित ओभरमा ९ विकेट गुमाएर १४५ रन बनाएको थियो ।

नेपालका ओपनिङ बलर करण केसीले ४ ओभरमा ३६ रन दिएर २ विकेट हात पारे । त्यसैगरी अभिनास बोहोराले ४ ओभरमा १ ओभर मेडन राख्दै ४३ रन खर्चिएर ३ विकेट लिए ।

त्यसैगरी सन्दीपले आफ्नो स्पेलमा १८ रन दिएर २ विकेट लिँदा गुलसन झाले पनि पुरै स्पेलमा २१ रन दिएर २ विकेट लिए ।

आजको खेलमा सोमपाल कार्मी भने विकेट विहीन बने । उनले ४ ओभरमा २१ रन खर्चिएका थिए ।

प्रकाशित मिति : २०८० कार्तिक १३ गते सोमवार
प्रतिक्रिया दिनुहोस