नेपाल र श्रीलंकाबीचको खेल वर्षाका कारण रद्द
दाङ । आइसिसी टी-२० विश्वकप २०२४ अन्तर्गत नेपाल र श्रीलंकाबीचको खेल रद्द भएको छ । वर्षाका कारण खेल रद्द भएको छ । यससँगै नेपालले १ अंक र श्रीलंकाले १ अंक बाँडेका छन् ।
लगातार दुई खेलमा पराजित श्रीलंका भने बाहिरिएको छ भने नेपालको आशा जिवितै रहेको छ । बाँकी दुई खेल खेल्न नेपाली टोली वेस्टइन्डिज जानेछ ।
प्रकाशित मिति : २०८१ जेष्ठ ३० गते बुधवार