२०८३ बैशाख ७ गते सोमवार | 2026 April 20th Monday

भारतलाई विश्वकप जिताएसँगै रोहित र विराटले लिए टि- २० अन्तर्राष्ट्रियबाट संन्यास

काठमांडौ । भारतीय क्रिकेट टोलीका एक महान् ब्याटर विराट कोहलीले टी- २० बाट सन्न्यासको घोषणा गरेका छन् ।

आईसीसी टी २० विश्वकप २०२४ को फाइनलमा शनिवार राति दक्षिण अफ्रिकालाई ७ रनले हराउँदै विश्वकप च्याम्पिपयन बनेसँगै कोहलीले अब भारतबाट टी २० आई नखेल्ने घोषणा गरेका हुन् ।

भारतलाई उपाधि जिताउन प्लेयर अफ द म्याच अवार्ड जित्दै बोल्नेक्रममा उनले यो आफ्नो अन्तिम टी – २० आई खेल भएको बताएका थिए ।

बार्बाडोसमा टस जितेर पहिला ब्याटिङ रोजेको भारतले ७ विकेटको क्षतिमा १७६ रन बनाएको थियो ।

विराट कोहलीले ५९ बलमा ६ चौका र २ छक्कासहित सर्वाधिक ७६ रन बनाएका थिए । १७७ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले ८ विकेटको क्षतिमा १६९ रन बनाएको थियो ।

३५ वर्षीय उनले भारतबाट १२५ टी – २० आई खेलमा १ शतक र ३८ अर्धशतकसहित कुल ४ हजार १ सय ८८ रन बनाए ।

उनले सन् २०१० मा जिम्बावेविरुद्ध हरारेमा टी २० आईमा भारतबाट डेब्यू गरेका थिए ।

उनी टी २० आईमा सर्वाधिक ७ पटक प्लेयर अफ द सिरिज जित्ने एक्लो खेलाडी हुन् ।

प्रकाशित मिति : २०८१ असार १७ गते आइतवार
प्रतिक्रिया दिनुहोस