२०८३ साउन १० गते आइतवार | 2026 July 26th Sunday

नेपाल सेमिफाइनलमा, थाइल्यान्ड ४४ रनमा अलआउट

एसिसी यू १६ इस्ट जोन कप २०२३ मा नेपाल सेमिफाइनलमा पुगेको छ। बुधबार थाइल्यान्डमाथि २२५ रनको सानदार जितसहित नेपाल अन्तिम चारमा पुगेको हो।

नेपालले दिएको २७० रनको लक्ष्य पछ्याएको थाइल्यान्ड १३.२ ओभरमा ४४ रनमै अलआउट भयो।

थाइल्यान्डका लागि ओपनर दनुफोनले १२ रन र इसन बेनर्जीले १६ रन जोडे।

बलिङमा नेपालका सन्तोष यादवले ५ विकेट लिए। उनले ३।२ ओभरमा १ मेडन राख्दा ८ रन मात्र खर्चिए।

अशोक धामीले ३ विकेट लिए भने अभिषेक तिवारीले २ विकेट हात पारे। अशोकले ३ ओभरमा २ मेडन राख्दा ४ रन मात्र दिए। अभिषेकले ४ ओभरमा १ मेडन राखे भने २१ रन खर्चिए।

त्यसअघि पहिले ब्याटिङ गरेको नेपालले ३५ ओभरमा ८ विकेटको क्षतिमा २६९ रन जोड्यो।

नेपालका लागि निरजकुमार यादवले ७४ रन जोडे। यस्तै नरेन भट्टले ४३ बलमा ५५ रन, सन्तोष यादवले ३६ बलमा ४२ रन र ओपनर सूर्यांशु कोइरालाले ५५ बलमा ४० रन बनाए।

प्रकाशित मिति : २०८० असार १३ गते बुधवार
प्रतिक्रिया दिनुहोस