२०८३ साउन १० गते आइतवार | 2026 July 26th Sunday

नेपालले पाकिस्तान ‘ए’ लाई दियो १८० रनको लक्ष्य

काठमाडौं । एसिसी इमर्जिङ टिम्स एसिया कपअन्तर्गत नेपालले पाकिस्तान ‘ए’ लाई १८० रनको लक्ष्य दिएको छ।

श्रीलंकाको कोलम्बोस्थित कोलम्बो क्रिकेट क्लबमा टस जितेर पहिले ब्याटिङ गरेको नेपाल ३७ ओभरमा १७९ रनमा अलआउट भयो।

नेपालका लागि सोमपाल कामीले अर्धशतक प्रहार गरे। सोमपालले १०१ बलमा ९ चौका र २ छक्काको मद्दतमा ७५ रनको योगदान गरे।

सोमपाल मैदान छिर्दा नेपालले ७ विकेट गुमाउदा ६७ रन जोडेको थियो। उनले नवौं र दशौं विकेटका लागि उत्कृष्ट साझेदारी गर्दा नेपालको स्कोर बढेको थियो।

प्रकाशित मिति : २०८० असार २९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस