नेपालले पहिले ब्याटिङ गर्ने
काठमाडौँ । एसिया कप क्रिकेटको भारतविरुद्धको खेलमा नेपालले पहिले ब्याटिङ गर्ने भएको छ ।
भारतले टस जिती पहिले बलिङ गर्ने निर्णय लिएको हो । नेपाल र भारतबीचको खेल श्रीलंकाको केन्डीस्थित पालेकेल अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुँदैछ ।
पहिलो पटक एसिया कपमा सहभागिता जनाएको नेपालले खेल्न लागेको यो दोस्रो खेल हो ।
यसअघि प्रतियोगिताको उद्घाटन खेलमा नेपाली टोली आयोजक पाकिस्तानसँग दुई सय ३८ रनले पराजित भएको थियो ।
प्रकाशित मिति : २०८० भाद्र १८ गते सोमवार