२०८३ बैशाख ७ गते सोमवार | 2026 April 20th Monday

एसिया कप क्रिकेटमा नेपाल भारतसँग पराजित

काठमाण्डौ, १९ भदौ । एसिया कप क्रिकेटमा नेपाल भारतसँग पराजित भएको छ ।

सोमवार राति श्रीलङ्काको पालेकेले इन्टरनेशनल क्रिकेट स्टेडियममा भएको खेलमा भारतले नेपाललाई १० विकेटले हराएको हो ।

वर्षाले प्रभावित खेलमा भारतले डकवर्थ लुइस नियमका आधारमा २३ ओभरमा १ सय ४५ रनको लक्ष्य पाएको थियो । भारतले २० ओभर १ बलमा १ विकेट पनि नगुमाई लक्ष्य भेटायो ।

भारतका लागि कप्तान रोहित शर्मा र शुभमन गिलले अर्धशतक बनाएका थिय । रोहितले ७४ र शुभमनले ६७ रन जोडेका थिए ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४८ ओभर २ रनमा २ सय ३० रन बनाउँदा अल आउट भयो ।

प्रकाशित मिति : २०८० भाद्र १९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस