साफ महिला च्याम्पियनसिपको उपाधि बंगलादेशलाई
काठमाडौं । नेपालमा भएको साफ महिला च्याम्पियनसिपको उपाधि बंगलादेशले जितेको छ।
फाइनलमा नेपाललाई २–१ गोलले पराजित गर्दै बंगलादेशले साफ च्याम्पियनसिपको उपाधि जितेको हो ।
नेपालविरुद्ध खेलको ५१ औ मिनेटमा बंगलादेशले गोल गरेको थियो ।
त्यसको ४ मिनेटमै नेपालकी अमिशा कार्कीले गोल गर्दै बराबरीमा फर्काएकी थिइन् ।
खेलको ८१ औं मिनेटमा गोल गर्दै बंगलादेशले अग्रता लियो । त्यसपछि दुवैतर्फबाट गोल नभएपछि बंगलादेशले लगातार दोस्रोपटक साफ च्याम्पियनसिपको उपाधी जितेको हो।
प्रकाशित मिति : २०८१ कार्तिक १४ गते बुधवार