२०८३ भाद्र २६ गते शुक्रवार | 2026 September 11th Friday

गोरक्ष रनिङ शिल्ड आई.टि.एफ. तेक्वान्दो प्रतियोगितामा गोरक्ष प्रथम

दाङ, माघ १९ । गोरक्ष रनिङ शिल्ड आई.टि.एफ. तेक्वान्दो प्रतियोगितामा गोरक्ष प्रथम र ज्योतिपुन्ज दोस्रो भएका छन।

दुई दिनसम्म भएको प्रतियोगितामा गोरक्ष रत्ननाथ विद्यालय १३ स्वर्ण १० रजत ५ काँस्य सहित प्रथम भएको छ ।

ज्योतीपुन्ज आवासिय माध्यामिक विद्यालय घोराही -१५ भरतपुर ६ स्वर्ण, ६ रजत र १० कास्य सहित दोस्रो भएका छन ।

त्यसैगरी ५ स्वर्ण ६ रजत ७ काँस्य सहित सगरमाथा आवासिय माध्यमिक विद्यालय तेस्रो हुन सफल भएको छ । मेरिल्याण्ड पब्लिक एकेडेमी २ स्वर्ण २ रजत र ६ काँस्य सहित चौंथो भएको छ ।

गोरक्ष रनिङ शिल्ड आई.टि.एफ. तेक्वान्दो प्रतियोगितामा यस विद्यालयका खेलाडीहरूको सहभागितामा ६ स्वर्ण, ६ रजत र १० कास्य पदक प्राप्त गर्दै टिम दोस्रो हुन सफल भएको छ।

गोरक्ष रत्ननाथ आई.टी .एफ तेक्वान्दो एकेडेमीद्वारा दुई दिनसम्म सञ्चालन भएको प्रथम खुल्ला गोरक्ष रनिङ शिल्ड आई.टि.एफ. तेक्वान्दो प्रतियोगिताका प्रमुख अथिति गोरक्ष रत्नानाथ माध्यामिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष निर्मल आचार्य र विशिष्ट अथितिमा वडा नं १७ वडा अध्यक्ष राम लौटन चौधरी हुनुहुन्थ्यो ।

त्यसैगरी गोरक्ष रतननाथ माध्यामिक विद्यालयका प्रधानाध्यापक श्यामलाल मल्ल र दाङ जिल्ला तेक्वान्दो संग का अध्यक्ष भीम थापा ले गर्नु भएको थियो

सम्पूर्ण विजेता खेलाडीहरूले मेडल तथा प्रमाण पत्र प्रदान गरिएको थियो ।उत्कृष्ट महिला खेलाडी संगीता खत्री र उत्कृष्ट पुरुष खेलाडी प्रशान्त परियार भएका थिए।

समापन कार्यक्रममकाे सहजीकरण दाङ जिल्ला आई टी ईफ तेक्वान्दो संगका सचिव लिलाधर बस्नेत ले गर्नु भाको थियो।

विभिन्न स्कूल तथा डोजाङ का २ सय ४० बढी खेलाडीहरु सहभागीता रहेको थियो ।

प्रकाशित मिति : २०८२ माघ १९ गते सोमवार
प्रतिक्रिया दिनुहोस